७ मंसिर २०८३, सोमबार

अर्घाखाँचीमा काेराेना सङ्क्रमित चढेकाे एम्बुलेन्स दुर्घटना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २७ जेठ । अर्घाखाँचीमा कोरोना सङ्क्रमितलाई आइसोलेसनमा लिएर आउदै गरेको एम्बुलेन्स साेमबार राति दुर्घटना हुँदा पाँच जना कोरोना सङ्क्रमित घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वरेण्टीनबाट कोरोना सङ्क्रमित लिएर हटारीनेटा आइसोलेसनमा आँउदै गर्दा खाँचिकोटमा लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

घाइते पाँचै जनाको सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखी उपचार भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए ।