७ मंसिर २०८३, सोमबार

मान्यता नपाएका कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गर्न स्वास्थ्य विभागमा चलखेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता नदिएका कम्पनीबाट सामान खरिदका लागि स्वास्थ्य सेवा विभागमा चलखेल सुरु भएको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि विभागले खरिद गर्न लागेको पीसीआर किट, आरएनए एक्स्ट्याक्सन किट र भिटिएम खरिदका लागि दुई साता अघि गरिएको टेण्डरमा यस्तो चलखेल हुन लागेको हो ।

सामाग्री खरिदका २३ वटा कम्पनीले सूचीकरण दर्ता गरेका थिए । तर डब्लुएचओले मान्यता नदिएका कम्पनीबाटै सामान खरिदका लागि विभागमा चलखेल सुरु भएको स्रोतको दाबी छ ।

विभागमा मेडिकल सप्लायर्संहरूले कम मूल्यमा मेडिकल गुणस्तर विभाग र विश्व स्वास्थ्य संगठनको मान्यता नदिएका कम्पनीको टेण्डर दर्ता भएको छ । कम रकममा गुणस्तरहिन सामान खरिद गर्नका लागि विभागमा दबाब पर्न थालेको स्रोतको दाबी छ ।

विभागले स्वास्थ्य सामाग्री खरिदका लागि ४५ करोडको टेण्डर आह्वान गरेको थियो ।

यस्ता सामग्री खरिदका लागि विश्वभरका लागि ७ वटा कम्पनीसँग मात्र सरोकार राख्न डब्लुएचओले भनेको थियो । जसलाई अनुमति पनि दिइएको थियो ।

यता, स्वास्थ्य सेवा विभागमा परेको उक्त टेण्डरमा सहभागी भएका २३ कम्पनीमध्ये थोरैले मात्र चीन सरकारको मान्यता प्राप्त गरेका छन् । चीन सरकारले जनस्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य सामाग्रीको विक्रि वितरणका लागि केही कम्पनीलाई मात्र मान्यता दिएको छ ।

चीनको उक्त सूचीमा समावेश नभएका कम्पनीहरूले कम मूल्य राखि गुणस्तरहिन सामाग्री खरिद गर्नका लागि विभागमा टेण्डर विभिन्न मेडिकल सप्लायर्सहरूले दर्ता गरेको स्रोतको भनाई छ ।

स्वास्थ्य सेवा विभागमा टेण्डर हालेका २३ वटा कम्पनिमध्ये ४÷५ वटा कम्पनिले मात्र चीनको मेडिकल सामाग्री प्रशासन ( राष्ट्रिय मेडिकल सामाग्री प्रशासन) को सूचीमा छन् ।

हेर्नुहोस् विश्व स्वास्थ्य संगठनले कस–कसबाट सामान खरिद गर्नका लागि अनुमति दिएको थियो ।