२ कार्तिक २०८३, सोमबार

लगनखेल डोजोलाई जापानमा बस्ने खेलाडीहरूद्वारा आर्थिक सहयोग प्रदान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लगनखेल, २७ जेठ । सितोरियो कराते जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल डोजोलाई जापानमा बस्ने कराते खेलाडीहरूले आर्थिक सहयोग गरेका छन् ।

खेलाडीहरूले लगनखेल डोजोलाई १ लाख १० हजार रुपियाँ सहयोग उपलब्ध गराएका हुन् ।

जापानमा बस्दै आएका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरू राजपाल कर्माचार्य, सुनिता महर्जन श्रेष्ठ ‘सुष्मा’, सिहान पशुपति मुल्मी, सिहान रुपेश डंगोल, शम्भु केसी, किरण डंगोल, डा.बलराम श्रेष्ठ र सन्तोष श्रेष्ठले डोजोलाई रकम उपलब्ध गराएका छन् ।

कोरोना भाइरसको महामारीका कारण लकडाउन भएका बेला समयमा राहत वितरण र खाना खुवाउने निकै सह्रानीय कार्य भएको भन्दै उनीहरूले सहयोग गरेको पूर्व अन्तर्राष्ट्रिय खेलाडी सुनिता महर्जनले बताइन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्वकोषाध्यक्ष, पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल डोजोका संरक्षक मीनकृष्ण महर्जनले डोजोमा दैनिक ज्याला मजदुरी र मागेर गुजारा गर्दै आएकालाई लकाउनका बेला निःशुल्क खाना खुवाएका थिए ।

लकडाउनको समयमा सुरुवाती दिनहरूमा ४६ दिनसम्म करीव २ सय जनाभन्दा धेरैलाई महर्जनले लगनखेल डोजोमा साँझ र बिहान दुई समय दिनहुँ खाना खुवाउने कार्य गरेका थिए ।