४ कार्तिक २०८३, बुधबार

१० दिनको लागि हवाई उडान खोल्ने संकेत

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । सबै किसिमका उडानहरु १० दिनका लागि खोल्ने सरकारले तयारी थालेको छ ।

जारी लकडाउनका कारण जेठ मसान्तसम्म बन्द रहेका आन्तरिक तथा अन्तराष्ट्रिय तर्फका व्यवसायिक उडान १० दिनको लागि खोल्ने छलफल चलेको हो । संस्कृति तथा उड्डयन मन्त्रालयमा सोमबोर भएको मन्त्रीस्तरीय बैठकले यस विषयमा तयारी थाल्न लागेको स्रोतले जनाएको छ ।

विदेशमा रहेका नेपालीलाई ल्याउन यो प्रस्ताव पेस हुन लागेको बताइएको छ ।

अन्तराष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ)को नियम अनुसार हाल कतिपय देशमा फ्लाई ओभरको समेत अनुमती नरहेकाले विदेशी जहाज मार्फत नेपाली ल्याउन लबिङ भइरहेको तर ग्लोबल डिस्ट्रिव्यूटेशन सिस्टम(जिडिएस) बन्द रहेकाले उक्त विषयमा निणर्य बाँकी रहेको जनाइएको छ ।

हाल कतार, सिंगापुर, भारत, दुवै, टर्की, चीन लगायतका मूलुकमा व्यवसायीक उडान भर्न सकिने भएपनि मलेसिया, थाइल्यान्ड लगायतका मुलूकले व्यवसायीक उडानको अनुमती दिन नसक्ने स्रोतको अनुमान छ ।