
काठमाडौँ, २६ जेठ । धादिङमा एकै दिनमा १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये एक जना मानसिक समस्या भएकी महिला र २० महिने बालिका पनि रहेका छन् ।
उनीहरु भारतबाट आएर सीमामा अलपत्र परेपछि सुनौलीबाट उद्धार गरी नीलकण्ठ नगरको नीलकण्ठ मावि क्वारेन्टाइनमा राखिएकाहरूमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा २० महिने बालिका र आमाबाबु पनि रहेका छन् । त्यस्तै, मानसिक समस्या भएकी महिलामा पनि संक्रमण देखिएको हो ।
यससँगै धादिङमा संक्रमितको संख्या २२ पुगेको छ । यसमध्ये ३ जना निको भइरसकेका छन् ।















प्रतिक्रिया