४ कार्तिक २०८३, बुधबार

रुपन्देहीमा थपिए २० जना कोरोना संक्रमित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । रुपन्देहीमा २० कोरोना संक्रमित थपिएका छन् ।

सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिकाका १८ र मायादेवि गाउँपालिकाका २ गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिएका संक्रमितहरु लुम्बिनी सांस्कृतिक नगरपालिकाका १७ देखि ४५ बर्ष उमेर समूहका १७ जना पुरुष र ३४ वर्षीया १ महिला गरी १८ जना रहेका छन् ।

त्यसैगरी मायादेवी गाउँपालिकाका १२ वर्षका एकजना बालक र ३५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ३९ जना पुगेको छ ।