
काठमाडौँ, २६ जेठ । सर्लाहीमा सोमबार १ सय २० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
थपिएका संक्रमितहरु ब्रहम्पुरी गाउँपालिकाका ४३ जना, विष्णु गाउँपालिकाका ३४ जना, इश्वरपुर नगरपालिकाका १८ जना, चक्रघट्टा गाउँपालिकाका १५ जना, बलरा नगरपालिकाका ९ जना र रामनगर गाउँपालिकाका १ जना रहेका छन् ।
यससँगै सर्लाहीमा संक्रमितको संख्या ३ सय ६९ पुगेको छ । नयाँ संक्रमितहरु ३ महिलासहित ९ वर्षदेखि ५० वर्ष उमेर समुहका रहेका छन् । उनीहरु सबैजना भारतको विभिन्न शहरबाट आएर क्वारेन्टाइनमा बस्दै आएका छन् ।















प्रतिक्रिया