४ कार्तिक २०८३, बुधबार

७१ जिल्लामा फैलियो कोरोनाभाइरस, सोमवार कुन जिल्लामा कति थपिए ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । नेपालको ७७ मध्ये ७१ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ मार्फत पुष्टि गरेका हुन् ।

सोमवार पीसीआरबाट ४ हजार ७ सय ६६को परीक्षण गरिएको र आरडीटीबाट ११ हजार ९ सय ४२ जनाको परीक्षण गरिएको प्रवक्ता गौतमले जनाए ।

नेपालमा सोमवार ३१४ जना नयाँ सङ्क्रमित थपिएका छन् । थप एकको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ७ जना महिलासहित १ सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अनुसार सप्तरी जिल्लामा १६ जना महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै चितवनमा २ जना स्वास्थ्यकर्मीसहित २३ जनामा संक्रमण पुष्टि भएको छे ।

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ६२ पुगेको छ ।