
काठमाडौँ, २६ जेठ । सोमबार थप २१ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २१ जना निको भएर डिस्चार्ज भएको जानकारी दिए । यससँगै कारोना जित्नेको संख्या ४ सय ८८ जना पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार निको हुनेमा ४ सय १९ पुरुष र ६९ जना महिला रहेका छन् । सोमबार १ जना महिलासहित २१ जना डिस्चार्ज भएका हुन् । बाँकेबाट २० जना र काठमाडौँको बलम्बु अस्पतालबाट १ जना महिला निको भएर घर फर्केका हुन् ।
त्यस्तै, सोमबार थप ३ सय १४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ३ हजार ७ सय ६२ जना पुगेको छ । त्यस्तै, नेपालमा हालसम्म १४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।















प्रतिक्रिया