
काठमाडौँ, २६ जेठ । जिल्ला प्रहरी कार्यालय गोर्खामा हिरासतमा रहेका एक जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत प्रहरीको स्वाब संकलन गरिएको छ ।
कार्यालयमा कार्यरत २८ जना प्रहरीको स्वाब संकलन गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा, जिल्ला स्वास्थ्य कार्यालय र गोखरखा अस्पतालको टीमले उनीहरुको थ्रोटको स्वाब संकलन गरिएको हो ।
स्वाबको परीक्षणका लागि पोखरा लगिने बताइएको छ । प्रहरी हिरासतमा रहेका पालुङटार नगरपालिका ७ बुढीकुवाका १७ वर्षीय किशोरमा शनिबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया