४ कार्तिक २०८३, बुधबार

क्वारेन्टिनमा बसेकालाई होटलको खाना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रौतहट, २६ जेठ । क्वारेन्टिनमा बसेकालाई होटलको खाना दिन थालिएको छ ।

राम्रो खाना नदिएको भन्दै रौतहटका विभिन्न स्थानीय तहको क्वारेन्टिनमा बस्नेले सामाजिक संजालमा ब्यापक गुनासो गरिरहेको बेला रौतहटको एक स्थानीय तहले क्वारेन्टिनमा गुणस्तरिय खाना खुवाउन थालेको छ ।

विभिन्न स्थानीय तहमा क्वारेन्टिनको अव्यवस्था र कमसल खानाबारे आलोचना भइरहेको वेला रौतहटको गढीमाई नगरपालिकाले भने खानाको व्यवस्थापन फरक किसिमले गरेको छ । नगरपालिकाले क्वारेन्टिनमा बसेकालाई होटलबाट खाना लगेर खुवाउने व्यवस्था मिलाएको हो ।

नगरपालिकाले व्यवस्थापन गरेको पाँच वटा क्वारेन्टिन स्थलमध्ये समनपुर र संग्रामपुर दुई ठाउँमा होटलको खाना उपलब्ध गराइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए । नगरपालिकाले यी दुईसहित धर्मपुर, मलाही र गम्हरिया गरी पाँच ठाउँमा क्वारेन्टिन संचालन गरेको छ, जहाँ ३१६ जना छन् ।

अन्य स्थानको क्वारेन्टिनमा रहेकालाई पकाउने मानिस राखेर खाना उपलब्ध गराइँदै आएको यादवको भनाइ छ । क्वारेन्टिनमा दिनुपर्ने सुविधालाई नगरपालिकाले समयमै र गुणस्तरीय किसिमले पु¥याइरहेको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताएका छन् ।

सो नगरपालिकाले रौतहट जिल्लामै पहिलो पटक क्वारेन्टिनमा बस्नेका लागि होटलको खानाको ब्यावस्था गरेपछि क्वारेन्टिनमा बसेकाहरु समेत खुशी भएको नगर प्रमुख यादवले जानकारी दिएका छन् ।