४ कार्तिक २०८३, बुधबार

रोल्पामा कोरोना भेटिएसँगै प्रदेश ५ का सबै जिल्लामा फैलियो कोरोना

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । प्रदेश नं. पाँचका सबै जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको छ ।

आइतबार रोल्पामा पहिलो पटक कोरोना संक्रमित भेटिएसँगै प्रदेश नं. ५ का सबै जिल्लामा संक्रमण भेटिएको हो ।

आइतबार रोल्पाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा रोल्पा नगरपालिका ६ सुलीचौरका १ जना, सुनील स्मृति गाउँपालिकाका २ जनामा कोरोना देखिएको हो । उनीहरु २०, २२ र २७ वर्षका पुरुष रहेका छन् ।