४ कार्तिक २०८३, बुधबार

बुटवलमा एक बालिकासहित ९ जना कोरोना संक्रमित भए डिस्चार्ज

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । बुटवलका ८ वर्षीया बालिकासहित ९ जना कोरोना संक्रमित निको भएका छन् ।

बुटवलको कोरोना विशेष आइसोलेसन सेन्टरमा रहेका उनीहरु आइतबार कोरोनामुक्त भएका हुन् । उनीहरुको कोरोना परीक्षण को पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

उनीहरुलाई फूलगुच्छासहित विदाइ गरिएको थियो । उनीहरुलाई सन्तुलित आहारविहारमा ध्यान दिन र समुदायमा सचेतना दूतको रुपमा काम गर्न भनिएको छ ।

आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका ८ र रुपन्देहीका १ जना रहेका छन् । उनीहरु जेठ ११ गतेदेखि बुटवलको आइसोलेसनमा भर्ना भएका थिए । तिमध्ये मध्ये ७ जना भारतबाट आएका थिए ।

डिस्चार्ज हुनेमा कपिवलस्तुका एक जना वडाध्यक्ष र आठ वर्षीया बालिका पनि रहेका छन् । अब आइसोलेसनमा ३२ जना छन् ।

आइसोलेसन सेन्टरमा रहेकालाई नियमित स्वास्थ्य चेक गर्ने तथा नियमित रुपमा योगा गुरुमार्फत योगा अभ्यास, ध्यान, नृत्य गराइन्छ । साथै उनीहरुलाई सात्विक भोजन सेवन गराइएको छ