७ मंसिर २०८३, सोमबार

बर्दिया सिडिओका चालकलाई कोरोना संक्रमण, आइसोलेसनमा राखियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । बर्दियाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)का सवारी चालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसीआर परीक्षणमा ५५ वर्षीय चालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले दुई दिनअघि सरुवा भएका सिडिओ प्रेमलाल लामिछानेलाई काठमाडौंँ छाडेर नयाँ सिडिओ लीलाधर अधिकारीलाई  काठमाडौंँबाट ल्याएका थिए ।

लामिछानेको पिसीआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।