७ मंसिर २०८३, सोमबार

उदयपुरमा फेरि भेटियो कोरोना, बेलका र चौदण्डीगढी नगरपालिकाका तीन जना संक्रमित

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २५ जेठ । प्रदेश–१ को उदयपुर जिल्लाका दुई नगरपालिकाका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । एक जना भने शिवाई घर भएका २६ वर्षीय पुरुष रहेका छन् । सिवाई गाईघाट र बेल्टारको नजिक पर्छ ।

उता वेलका नगरपालिकाका २ जना पनि क्वारेन्टिनमै रहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए । उनीहरूलाई मोरङको गोठगाउँस्थित क्वारेन्टाइनमा पठाउने तयारी भएको छ ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकामा कोरोना संक्रमित देखिएका थिए ।