७ मंसिर २०८३, सोमबार

चिहान खनेर मानिसकाे हड्डी निकाल्ने तीन जना पक्राउ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । सोलुखुम्बुमा मानिसको हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोलुदुधकुण्ड नगरपालिका ५ का भिम बहादुर तामाङ, सोताङ गाउँपालिका ८ का टेकमान राई र मोलुङ गाउँपालिका १ ओखलढुङ्गाका लाङिमा शेर्पा रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरु केहि समयदेखि खुम्बु क्षेत्रमा बस्दै आएका थिए ।

उनीहरूलाई स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।