शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बाजुरा क्वारेन्टाइनमा बसेको ९ दिनमा बृद्धको मृत्यु

दैनिक नेपाल २०७७ जेठ २४ गते ११:१८

सांकेतिक तस्वीर

कैलाली, २४ जेठ । । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेको ९ दिनमा एक ६५ वर्षीय एक पुरुषको शनिबार मृत्यु भएको छ ।

१५ जेठमा भारतबाट आएका उनको दम बढेपछि मृत्यु भएको हो । दमको औषधि खुवाए पनि उनको मृत्यु भएको बताइएको छ ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित