७ मंसिर २०८३, सोमबार

गण्डकी प्रदेशमा १७ कोरोना संक्रमित थपिए

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २४ जेठ । गण्डकी प्रदेशमा थप १७ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमित पुष्टि भएका हुन् ।

स्याङ्जाको वालिङ नगरपालिकामा ८ जना तथा हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुषमा कोरोना भेटिएको हो । नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ ।