शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

लसिथ मलिंगा विश्वै सर्वश्रेष्ठ बलर

दैनिक नेपाल २०७७ जेठ २४ गते ९:२८

नयाँदिल्ली, २४ जेठ । भारतीय क्रिकेटर तिब्र बलर जसप्रीत बुमराहले श्रीलंकाका क्रिकेट खेलाडी लसिथ मलिंगालाई विश्वकै सर्वश्रेष्ठ बलरको संज्ञा दिएका छन् ।

उनले श्रीलंकाका अनुभवी तिब्र बलरले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयसम्म बलिङमा आफ्नौ कौशलता देखाएको बताएका हुन् ।

बुमराहले इण्डियन प्रीमियर लीग (आईपीएल) फ्रेंचाइजी मुंबई इंडियंसमा उनले भने, ‘मलिंगा दुनियामा यार्करको सर्वश्रेष्ठ बलर हुन् । उनले यति धेरै लामो समयसम्म प्रयोग आफ्नो फाइदाका लागि गर्नुभएको छ ।’

आधुनिक क्रिकेटमा यार्कर फाल्नेवाला सर्वश्रेष्ठ बलरमध्येका २६ वर्षीय भारतीय तेज बलरले कोविड–१९ महामारीको ब्रेकपछि पूर्ण ट्रेनिंगमा कस्तो असर पर्ने हो आशंका जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित