७ मंसिर २०८३, सोमबार

बझाङमा ६ जनामा कोरोना संक्रमण पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, २४ जेठ । बझाङ जिल्लाकाे खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै बझाङमा कोरोना संक्रमित संख्या ७ पुगेको छ । संक्रमित मध्ये १ जनाको उपचार जारी छ ।

संक्रमित हुनेहरूमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षिया महिला रहेका छन् । उनीहरूमध्ये ५ जना भारतको दिल्लीबाट एक साताअघि स्वदेश फर्किएकाे डा.मिलन खड्काले जानकारी दिए ।

२ दिनअघि उनीहरूसँगै रहेका २० जनाको नमूना स्वाब संकलन गरिएको थियो । नमूना स्वाब संकलन गरिएका २० मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितहरूलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिनेछ ।

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाका अनुसार हाल खप्तडछान्ना गाउँपालिका भर ३५० जना क्वारेन्टाइनमा बसिरहेका छन् ।