७ मंसिर २०८३, सोमबार

जुम्ला क्वारेन्टाइनमा बसेका ६५ बर्षिय दम रोगीको मृत्यु, स्वाब संकलन गरियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २३ जेठ । जुम्लाको चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय दम रोगी एक वृद्धको शुक्रबार बिहान मृत्यु भएको छ ।

वडाध्यक्ष नरजित दमाईका अनुसार उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए । उनको कोरोनाका कारण मृत्यु भए नभएको पिसीआर रिपोर्ट आएपछि मात्र पत्तो लाग्नेछ । उनीलगायत क्वारेन्टाइनका अन्यको स्वाब परिक्षणका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान लगिएको छ ।

बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म लगेकी थिइन् ।