७ मंसिर २०८३, सोमबार

विदेशबाट नागरिक ओसार्दै सरकार : साँझसम्म थप डेढ सय बढी नेपाली उत्रिँदैछन् काठमाडौं विमानस्थल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर साभार अनलाइन खबर

काठमाडौं, २३ जेठ । शुक्रबार साँझसम्म डेढ सय बढी नेपाली संयुक्त राज्य इमिरेट्स (युएई)बाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशका विभिन्न ठाउँमा बेखर्ची भएर बसेका समस्या परेका नेपाली नागरिकलाई सरकारले शुक्रबारदेखि स्वदेश फर्काउन थालेको हो । पहिलो चरणमा म्यानमारमा रहेका दुई दर्जन बढी नेपालीलाई काठमाडौंमा ल्याइएको छ ।

नेपाल आउनका लागि तयार रहेका युएईस्थित नेपाली सारजहाँ विमानस्थलमा पुगिसकेका छन् । विमान भाडाको समस्याका कारण समयमा उडान हुन सकेको थिएन । सरकारले अहिले उक्त समस्याको समाधान गरिसकेको छ । कम्तिमा एक सय ४६ जना युएई विमानस्थलमा भेला भइसकेको विवरणहरुमा उल्लेख छन् ।

एक सय ६८ जना नेपालीलाई युएईबाट नेपाल ल्याउनका लागि त्यहाँको सरकारले एयर अरेयिबा पठाउने तयारी गरेको थियो । उक्त तयारी पूरा नभएपछि नेपाल सरकारले भाडामा विमान लिएको छ ।