
धरान, २२ जेठ । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा ग्यास चुहिएर आगालागी हुँदा विहीबार दुई जनाको मृत्यु भएको छ ।
नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा उनकी ८७ वर्षीया आमा धनकुमारी श्रेष्ठ र ५८ वर्षीया बहिनी सीता श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवैको शव घरको माथिल्लो तलामा जलेको अवस्थामा फेला परेको थियो ।
बिहान ८ः१५ बजे सुरु भएको आगो धरानका दुई र इटहरीको एक दमकलले निभाएका थिए । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रण्मा आएको थियो ।











प्रतिक्रिया