७ मंसिर २०८३, सोमबार

रक्सी सेवन गरेका वडाध्यक्षलाई यसकारण राखियो क्वारेन्टाइन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २२ जेठ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टाइनमा राख्नुको कारण ‘क्वारेन्टाइनमा रहेका युवकसँगको सम्पर्क’ रहेको छ ।

वडाध्यक्ष पुरी बुधबार राती मादक पदार्थ सेवन गरेर क्वारेन्टाइनमा बसेकाहरुसँग सम्पर्कमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका वडाध्यक्ष पुरीले झापाबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा बसेका युवकको मोबाइल प्रयोग गरेको, त्यहाँ बसेकालाई हप्काएका थिए । कोरोना संक्रमण हुनसक्ने जोखिमलाई नजर गरी उनलाई पनि क्वारेन्टाइनमा राखिएको हो ।

वडाध्यक्ष पुरीले क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत हप्कीदप्की गरेका थिए । वडाध्यक्ष पुरीलाई बुधबारबाट १४ दिनसम्म क्वारेन्टाइनमा राखिने नगर प्रमुख इवन राईले बताए ।