बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

सरकारले कोरोनाका बिरामीलाई घरमै आइसोलेसनमा राख्ने

दैनिक नेपाल २०७७ जेठ २२ गते ६:४०

sf7df8f}F, @* r}tM
:jf:YodGqL 9sfn
:jf:Yo tyf hg;ªVofdGqL efg”eQm 9sfn cfˆgf] sfo{sIfdf /f;;sdL{nfO{ cGt/jftf{ lbFb} . t:jL/ M rGb|snf If]qL÷/f;;

काठमाडाैं, २२ जेठ । सरकारले कोरोना संक्रमितको संख्या दुई हजार नाघेपछि सबै अस्पतालमा आइसोलेसन सञ्चालन र सामान्य अवस्थाका बिरामीलाई घरमै आइसोलेसनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार स्वीकृत ‘कोभिड –१९ केसको आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जारी गरेको हो ।

निर्देशिकामा भेन्टिलेटर र अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई अस्पताल र सामान्य अवस्थामा रहेका बिरामीलाई घरमै विभिन्न सचेतनासहित राख्नेसम्बन्धी बुँदा समावेश गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ र कोभिड– १९ रोकथाम योजनाबमोजिम संक्रमितको सङ्ख्या दुई हजार नाघेर दोस्रो चरणमा प्रवेश गरेकाे अवस्थामा जनस्वास्थ्य विपत् अवस्था घोषणाको तयारी भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोनाबाट मृत भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ लाई पनि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित