२ कार्तिक २०८३, सोमबार

लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । लकडाउनको मोडालिटीबारे निर्णय गर्ने वुधबार मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ ।

कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनले जनजीवन प्रभावित पारेको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई दवाव बढेको छ ।

यद्यपि पछिल्लो समय तीव्र गतिमा कोरोना संक्रमतिको संख्या भने बढीरहेको छ ।

वुधबार नै प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटीबारे तथा कोरोना रोकथामबारे छलफल गर्न विज्ञहरुलाई बोलाएका छन् ।