
काठमाडौं, २१ जेठ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकलगायत सबै सेवा बन्द गरिएको छ ।
दुई स्वास्थ्यकर्मीसहित दुई जना बिरामीमा संक्रमण पुष्टि भएपछि थप सजगता अपनाउनका लागि यस्तो निर्णय गरिएको अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको विज्ञप्तिमार्फत जनाइएको हो ।











प्रतिक्रिया