सुर्खेत, २१ जेठ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन ७२ घन्टाका लागि जुम्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने उल्लेख छ ।
हेर्नुहोस् सूचना












प्रतिक्रिया