७ मंसिर २०८३, सोमबार

१२ वर्षीया बालिकाकाे पेटमा ८ महिनाकाे गर्भ

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाइघाट, २१ जेठ । उदयपुर जिल्लामा १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिका क्षेत्रका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको खुलेको थियो ।

लगातार पाँच पटकसम्म परीक्षण गर्दा पेटमा बच्चा रहेको पुष्टि भएपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाको जानकारी गराएकी थिइन् ।

कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डट डा.मुकलेस माधवीले चार पटकसम्म पिसाबबाट परीक्षण गरिने युरिन प्रिभिन्टी टेष्ट (युपिड) गर्दा पोजिटिभ देखिएको बताए ।

अल्ट्रासाउण्ड गरेर हेर्दा बालिकाकाे ८ हप्ताको गर्भ रहको पुष्टि भएको डा.माधवीले बताए ।