शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बैंक अफ काठमाण्डूद्वारा बीर अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण सहयोग

दैनिक नेपाल २०७७ जेठ २१ गते ६:३१

काठमाडाैं, २१ जेठ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको छ ।

बैंकद्वारा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रो. डा. देव नारायण शाहलाई एक कार्यक्रमका बीच उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरू हस्तान्तरण गरिएको हो ।

बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २०० थान मास्क र २०० थान फेस सील्डहरू हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित