
काठमाडौं, २० जेठ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा मंगलबार थप २९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा संक्रमित पुष्टि भएका हुन् ।
सुर्खेतका ११ जना, सल्यान र अछामका ९–९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । वीरेन्द्रनगर–१ का ८ जना, वडानम्बर ३ का ३ जना र छन् ।
सल्यानको दार्मा गाउँपालिका–१ का २ जना, वडानम्बर २ का दुई पुरुष, वडानम्बर ३ का २ जना, , वडानम्बर ४ का ४ जनामा कोरोना देखिएको हो ।
अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना भेटिएको बताइएको छ ।











प्रतिक्रिया