शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

देशको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता नै अहिलेको आवश्यकता !

वि.वि. श्रेष्ठ २०७७ जेठ २० गते १३:३५

-वि.वि. श्रेष्ठ

देश स्वतन्त्र भए पनि लामो समयसम्म छिमेकी देश भारत र चीनको बलमिच्याईमा फँसिरह्यो । कमजोर देशमा शक्तिशाली देश हावी भईरहनु समान्य रुपमा लिईदा यसले देशलाई नै धेरै नै क्षति भएको छ । सहयोगका नाममा भुगोलमा ठूलोे देशले सानो देशलाई गरिने सहयोगमा स्वार्थ मिश्रित बनिदियो । नेपालको गौरवमय ईतिहासमा छिमेकी मुलुक भारत र चीनको फुटाउ र राज गर प्रवृत्तिलाई नेपालका राजनैतिक दलका नेतागणहरूले समयमा वुझन नसक्दा र स्वार्थ प्रेरित भावनामा अंकुश लगाउन नसक्दा देश नै गुलामी गर्न बाध्य बनिदियो ।

नेपालको आन्तरिक राजनीतिमा छिमेकी देशहरूको प्रभाव सँधै परिरह्यो । देशका आन्तरिक समस्या समाधानमा समेत आफे निर्णय गर्न नसक्ने अवस्थामा पुग्ने अवस्था अरु कसैले होईन अहिलेका नेताहरूका विगतको भुमिका नै प्रधान बनिदियो ।

ईतिहास आफैमा विलिन हुँदैन, विलिन बनाउने प्रयत्न मात्र हुन्छ । ईतिहासलाई नजिकबाट नेपालको राजनीतिलाई नियाल्ने हो भने नेपालका आन्तरिक हस्तक्षेपमा चीनको भन्दा भारतको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पाउन सकिन्छ । यसैको प्रभाव विश्व राजनैतिक सन्दर्भमा र एक्काईसौ शताब्दीमा समेत नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप रहि आएको छ ।

राजाको शासनकालमा राजनैतिक दलको भूमिका कमजोर भएता पनि राणाकाल र राजतन्त्रको अन्त्य सँगै राजनैतिक दलको भूमिका नै प्रधान भएता पनि यसले आकार ग्रहण गर्न सकेन । आफ्नै देशका जनताको जीवनस्तर उकास्न भन्दा पनि नेपालमाथि हस्तक्षेप वढाएर राष्ट्रवादी बन्न चाहने भारतीय शासकको तप्का ठूलोे रहेको  छ । त्यसै पनि भारतको छिमेक नीति विश्व सामु हेपाहा  र मिचाहा रहेको छ । यो सन्र्दमा नेपालमाथिको सीमा मिच्याई भारतका लागि समान्य बनिदियो, त्यो हिजो पनि थियो, आज पनि छ र भोली पनि रहन्छ, जबसम्म नेपालको नेता र जनताहरू देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रतामा एक वन्न सक्दैन, तवसम्म छिमेकले नेपालमाथि गर्ने ज्यादती कम हुदैन ।

राजनीतित देश र जनताका लागि केन्द्रित हुनपर्दछ, जनताको जीवनस्तर उकास्ने माध्याम बन्नुपर्दछ । देशको समृद्ध र विकासका लागि राजनीति हुनुपर्दछ । तर यो भन्दा वाहिर नेपालको राजनीति प्रधान बनिदियो । देश र जनताका लागि भन्दा पनि स्वार्थ केन्द्रित र सत्ताका लागि राजनीति मुख्य बनिदियो । देशको आन्तरिक विषयमा फरक मत स्वाभाविक हुन सक्दछन् । विषयका उठान र देश परिवर्तनका लागि योजनाहरू भिन्न हुन सक्दछन् तर नेपालका राजनीति आन्तरिक विषयमा पनि परनिर्भरतामा विश्वास गरिदियो ।

देश को भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्तामा समेत एक हुन नसक्ने नेपालका राजनैतिक दलका नेता र नेतृत्वहरू कसका लागि राजनीति गरिरहेका छन् ? सोच्न विवश बनाएको छ

देश र जनतालाई केन्द्रविन्दु भन्दा सत्ता र शक्ति मात्र राजनीति हो भन्ने भावनाले ग्रसित बनिदियो, त्यसैको कमजोरीमा टेकेर भारत सधै नेपालमाथि अधिपत्य जमाईरह्यो, त्यसैको परिश्रृंखला हो, सीमा विवाद, नाकावन्दी र प्रत्यक्ष हस्तक्षेप । देशका भौगोलिक अखण्डतामा समेत एक हुन नसकेका नेपालका राजनीतिहरू नेपाललाई बन्धक बनाएर सत्ता हत्याउने दाउपेचमा लागिदियो । जसको श्रृंखला भारतले सिमा नाकामा आफ्नो विस्तार वढाईरह्यो । सीमा अतिक्रमण कालापानी, लिपुलेक र लिम्पियाधुरामात्र होईन विभिन्न सिमानामा अतिक्रमण भईरहेको छन् । जुन नेताहरू सबैलाई थाहा छ तर वोल्ने हिम्मत छैन, किनकी यिनीहरूसँग यसबारेमा बोल्ने नैतिक आकार छैन, उनीहरू विकाउ बनिसकेका छन् । स्वार्थताका लागि चेतना नै विकाई सकेका छन् । नेपालको राजनैतिक आन्दोलनमा मुख्य भूमिका रहेका गिरिजाप्रसाद, मनमोहन, मदन भण्डारी, सुशील कोईराला लगायतका नेताहरू अहिले धर्तिमा नभएता पनि त्यसपछिका नेताहरू जीवित नै छन् जसले भारतका खातिरीदार गरिरहेका छन्, किनकि यिनिहरू कुनै न कुनै मुद्धामा भारतसँग बिकिसकेका छन्  ।

सोच उहि, चेतना उहि र क्षमता उही, नेतृत्व उही, त्यही कमजोर नेतृत्वमा देश र नेपालको राजनीति चलिरहेको छ । अनि परिणाम अलग खोज्नु मुर्खता शिवाय केही हुन सक्दैन । राजनैतिक जीवनमा देश र जनता परिवर्तनका लागि नेतृत्वगणमा कमजोरी अवश्य भयो होला, तर त्यो कमजोरी सच्याएर अगाडि बढ्नु भन्दा फेरि पनि सत्ता र शक्तिका लागि थप गल्ती गर्नु महाभंयकर शिवाय अन्य हुन सक्दैन, अब सिमित नेताका कमजोरीमा आम जनता देशका सिमा मिचिदाँ पनि नवोलिरहन सक्दैन र सक्नुहुदैन । कमजोरी हुन सक्दछ, कमजोरी सच्चाएर अगाडी वढ्ने नै नेतृत्वको महानता हो, तर महानता प्रकट गर्न कमैले भुमिका खेलोस् ।

नेपालको संविधान निर्माणमा भारतको सहमति वेगर जारी गरिएको विषयलाई लिएर भारतले नाकाबन्दी गरेपछि साँच्चै नेताहरू सच्चिएलान् र जनभावनाको कदर गरि काम गर्लान भन्ने सोच नौ दिन पछि विर्सियो भने जनताहरू भारतको त्यो लामो नाकावन्दी पनि सामाजिक संजालमा क्रान्तिकारी बन्नु शिवाय अन्य वन्न सकेन । भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि केहि समय क्रान्तिकारी बनेर भाषण गरेका नेता र जनताहरू पनि  विलाएर गए, त्यो केवल सत्ता र शक्तिका लागि गोठी मात्र वनिदियो । हालै पनि भारतले एकतर्फी रुपमा नेपालको जमिनमा बनाएको बाटोले केही समय राजनीति गर्माएको भएता पनि यो पनि नौ दिनपछि नौलो वन्नेमा कुनै शंका छैन । किनकि हामी आम जनताले पटक पटक भोगेका छौ नेताहरूको नाडी ।

भारतको त्यो अधिनायकवाद शैलीलाई वर्तमान सरकारले जसरी पनि सच्चाउने र नेपालको भुभाग फिर्ता ल्याउने मन्त्रिपरिषद बैठकबाट पारित गरिसकेको छ । अहिलेको ओली सरकारले नै यो काम गर्ने कुरामा आम जनता विश्वस्त भएता पनि नेपालका अन्य राजनैतिक दलहरूको नेता र नेतृत्वको भारतपरस्त अभिव्यक्तिले आम जनतालाई चिन्तित बनाएको छ ।

गुलामीको पनि हद हुन्छ, सत्ता र शक्तिका लागि धर्ती माताको कदापि बेच्न सकिँदैन भन्ने समेत सोच्न नसक्ने नेताहरूलाई जवसम्म जनताले ढोक्रेठयाक लगाउन सक्दैन, तवसम्म भारतले आफनो अधिनायकत्व लादिरहन्छ ।

देश को स्वतन्त्रता र सार्वभौमसत्तामा समेत एक हुन नसक्ने नेपालका राजनैतिक दलका नेता र नेतृत्वहरू कसका लागि राजनीति गरिरहेका छन् ? सोच्न विवश वनाएको छ । विगतका कमी कमजोरीलाई औल्याएर देशको सिमा रक्षाका लागि लड्ने कि भारतको गुलाम गरिरहने ? देशको भुगोल सानो ठूलोे हुनसक्दछ, तर सार्वभौमसत्ता र स्वतन्त्रता वरावर हुन्छ । त्यहि वरावरी र स्वतन्त्रताको हिंसा नेपालले चाहन्छ । जसले देशका सार्वभौमसत्ता र स्वतन्त्रतामाथि धाँवा वोलेका छन्, उनिहरूका अव नेपाली जनताले हिसाव किताव गर्ने दिन आईसकेका छैन । उनीहरू देश र जनताका लागि गुलामी गरेका हैन, व्यक्तिगत स्वार्थताका लागि मात्र गुलामी गरेका छन् भन्ने वुझन अब ढिला गर्नु हुदैन । देशको अस्तित्वमाथि नै भारतले धावा वोलिरहदाँ पनि भारतको दानापानी खाएर नेपालमा राजनीति गर्नेहरूलाई अव जनताले कुनै पनि वहानामा छुट दिनुहुदैन । किनकी धर्तिमातालाई वेचेरे स्वर्गमा वस्नुछैन, आम नेपाली जनतालाई । किनकी समयले देश र जनतालाई निश्चित समयसम्म मात्र साथ दिन्छन् नकि सधैभरि । जसरी समय कसैका दास वन्दैन, आम नेपाली जनताहरू पनि कसैको दास वन्नु कदापी हुदैन । सरकारले गरेको अहिलेको निर्णयलाई अक्षरस पालना गरेर देशको अस्मितामाथि धाँवा वोल्नेलाई जरैदेखि उखालेर फाल्नु नै अहिले देश र जनताका लागि आवश्यक हो । नकि राष्ट्रियता जस्तो विषयमा राजनीति गर्नु अहिलेको आवश्यकता हो !

प्रतिक्रिया
सम्बन्धित