शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतसँगका असमान सन्धि खारेज गर्न राष्ट्रिय सभा बैठकमा नेकपा प्रवक्ता श्रेष्ठको माग

दैनिक नेपाल २०७७ जेठ २० गते १२:३७

काठमाडौं, २० जेठ । भारतसँगका सबै असमान सन्धि र सम्झौता खारेज गर्न नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले माग राखेका छन् । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा आधा घन्टा बोलेका श्रेष्ठले पहिले भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउन पनि माग गरेका हुन् ।

सन् १९५० को सन्धिलाई पुनरावलोकन, सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने श्रेष्ठको माग थियो ।

सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको, ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिने विषयमा नेपाल अडिग रहेको बताउँदै उनले भने,‘कूटनीतिक संवादका निम्ति भारत तयार हुनुपर्छ, भारतलाई वार्तामा आउन आह्वान गर्दछु ।’

दुवै पक्षले अनावश्यक आक्रोश, आवेश वा उत्तेजनामा आउने काम गर्न नहुने श्रेष्ठको भनाइ छ । बैठकमा उनले भारतीय सेना प्रमुखले नेपालबारे राखेको धारणा आपत्तीजनक भएको बताए  । उनले चीन या अन्य देशको इशारामा नेपालले आफ्नो भूमीको नक्शा निकालेको भन्ने भारतीय आरोप खारेज गरे ।

प्रतिक्रिया
सम्बन्धित