शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतबाट आएर क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

दैनिक नेपाल २०७७ जेठ २० गते १२:१७

 

सांकेतिक तस्वीर

काठमाडौं, २० जेठ । भारतको पञ्जाबबाट ५ दिन अघि फर्किएकी बैतडीकी २८ बर्षिया महिलाको पुर्चौडी नगरपालिका– ४ स्थित मालिका माविको क्वारेन्टाइनमा मृत्यु भएको छ ।

मुटु रोगी रहेकी महिलाको निधन भएको नगर प्रमुख रणबहादुर कुँवरले जनाएका छन् ।

भारतमा बस्दै आएकी उनी त्यहाँ पनि मुटुको औषधि सेवन गर्थिन् । कोरोनाका कारण मृत्यु भएको हो होइन भन्ने परिक्षण गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित