शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

झापाको कचनकबल क्वारेन्टाइनमा बसेका आन्दोलित हुनुको खास कारण

दैनिक नेपाल २०७७ जेठ २० गते ११:०१

झापा, २० जेठ । झापाको कचनबकल गाउँपालिकाको बनियानीस्थित लक्ष्मीप्रसाद देवकोटा विद्यालयको क्वारेन्टाइनमा बसेकाहरू आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूको एकसुत्रीय माग छ– घर जान पाउनुपर्छ !

यसरी आन्दोलनमा उत्रिने ४२ जना छन् । उनीहरूसँगै आएका १७ जनाको रिपोर्ट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेगेटिभ दिएपछि घर फर्किसकेका छन् ।

तर बाँकीको रिपोर्ट नआउँदा आन्दोलनमा उत्रिएको र त्यसको व्यवस्थापनका निम्ति गाउँपालिका प्रशासनलाई कठिन हुन लागेको छ ।

गाउँपालिका प्रशासनले अन्यको रिपोर्ट दिनका लागि प्रतिष्ठानले ढिलाई गरेका कारण उनीहरू आन्दोलित भएका हुन् । क्वारेन्टाइनमा रहेका सबैको स्वाब एकै पटक पठाए पनि अन्यको रिपोर्ट प्रतिष्ठानले दिएको छैन ।

क्वारेन्टाइनमा बस्न समस्या भएको, लामखुट्टेदेखि अनेक समस्या रहेका कारण पनि चाँडो घर जान पाउनुपर्ने माग उनीहरूको रहेको छ । १७ जनाको रिपोर्ट भने सोमबार नै आएको थियो ।

क्वारेन्टाइनमा बसेका कतिपय भने भाग्न समेत खोजेका थिए । उनीहरूलाई सम्झाएर राख्नका लागि निक्कै कठिन भइरहेको स्थानीय अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित