शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

जर्मन बुण्डेस लिगा फुटबलमा आरबी लेइप्जिग विजयी

दैनिक नेपाल २०७७ जेठ २० गते १०:२०

लण्डन, २० जेठ । शीर्ष दुईको होडमा रहेको आरबी लेइप्जिगले जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा ४–२ को जित निकालेको छ ।

आरबीले अवे मैदानमा भएको खेलमा एफसी कोल्नलाई पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेर एक गोल खाएको आरबीले दोस्रो हाफमा पनि दुई गोल गरेर एक गोल खाएको हो ।

आरबीका लागि प्याट्रिक सेकले २० औँ तथा एकुन्कुले ३८ औँ मिनेटमा गोल गरे । त्यसअघि कोल्नका लागि सातौँ मिनेटमा कोर्डोबाले गोल गरेका थिए ।

यस्तै ५० औँ मिनेटमा टिमो वर्नरले आरबीका लागि तेस्रो गोल गरे । यो सिजन उनले बुण्डेस लिगामा २५ गोल गरिसकेका छन् । ५५ औँ मिनेटमा कोल्नका लागि मोडेस्टले गोल गरे । ५७ औँ मिनेटमा ओल्मोले गोल गरेपछि आरबीले ४–२ को जित निश्चित गरेको हो ।

जितपछि तेस्रो स्थानमा पुगेको आरबीको २९ खेलबाट ५८ अंक भएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डको ६० अंक छ ।

प्रतिक्रिया
सम्बन्धित