२ कार्तिक २०८३, सोमबार

कोरोना भाइरस संक्रमितको संख्या १८ सय नजिक पुग्यो, सोमबार मात्रै २२६ मा पुष्टि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । नेपालमा सोमबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ हजार ७ सय ९३ जना पुगेका छन् ।

सोमबार एकै दिन मात्र २२६ जना संक्रमणका नयाँ बिरामीहरु फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २१३ जना पुरुष र १३ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।