शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दाङका दुई ‘स्वास्थ्य लडाकू’मा पनि भेटियो कोरोना भाइरस

दैनिक नेपाल २०७७ जेठ १९ गते ११:५२

काठमाडौं, १९ जेठ । दाङमा कोरोना भाइरस (कोभिड–१९)विरुद्ध क्वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्य लडाकूमा पनि संक्रमण भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पुष्टि भएको थियो ।

जनता मावि गढवाको क्वारेन्टिनमा खटिएका स्वास्थ्य लडाकूमा कोरोना देखिएको हो । राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

उनीहरू कसैसँग घुलमिलमा छैनन् अहिले । जनता मावि गढवाको क्वारेन्टिनमा राखिएका अन्य दुई जनामा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा गढवा गाउँपालिका ६ का ३६ वर्षीय पुरुष र गढवा गाउँपालिका ७ का २४ वर्षीय पुरुषहरु छन् । शनिबार तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टिनमा रहेका ५ जनामा पनि कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित