बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

निःशुल्क पीसीआर जाँच गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

दैनिक नेपाल २०७७ जेठ १९ गते ११:४०

काठमाडौं, १९ जेठ । प्रत्यक्ष र अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारी, क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९)को पीसीआर परिक्षण निःशुल्क गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार कोभिड–१९ विरुद्ध स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स र स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई सुरक्षाको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको हो ।

स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाइकर्मीहरु तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोशाक, वस्तु, उपकरण लगायतका सम्पूर्ण सामग्रीहरु पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गर्ने व्यवस्था गर्न र गराउन सर्वोच्चले आदेश जारी गरेको हो ।

आदेशमा आधारभूत स्वास्थ्य सेवा संविधानमा नै मौलिक हकका रुपमा रही निःशुल्क भएको, सरुवा रोगलाई आधारभूत सेवाभित्र पारी निःशुल्क रहने भन्ने कुरा जनस्वास्थ्य सेवा ऐनमा उल्लेख भएको र कोरोना भाइरस सरुवा रोग भएको हुँदा अत्यावश्यक सिटामोललगायतका औषधिहरु उपलब्ध गराउन भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित