बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

यस्तो छ संविधान संशोधन प्रस्तावमा उल्लिखित निशानछाप सम्बन्धी व्यवस्था

दैनिक नेपाल २०७७ जेठ १९ गते ११:२९

काठमाडौं, १९ जेठ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा पेश भएको संविधान दोस्रो संशोधन विधेयक जनताको जानकारीका लागि प्रकाशित गरिएको छ ।

संविधानको धारा २७४ र प्रतिनिधि सभा नियमावलीको नियम १३७ अनुसार संविधान संशोधन विधेयक संसदमा प्रस्तुत भएपछि सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

३० दिनभित्र जनताको जानकारीका लागि प्रकाशित गर्नुपर्ने व्यवस्था थियो । जनताको प्रतिक्रियालाई सांसदहरुले लिएर संशोधनमार्फत् राख्न सक्ने व्यवस्था छ ।

विधेयकमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा संविधानको अनुसूची ३ मा उल्लेख गरिएको निशान छापसँग सम्बन्धित विषय मात्रै उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित