२ कार्तिक २०८३, सोमबार

बार्सिलोनाले मालोर्कासँग प्रतिस्पर्धा गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १९ जेठ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले उपाधि रक्षाको यात्रा जुन १३ देखि पुनः सुरु गर्ने भएको छ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु सुरु भएको दुई दिनपछि बार्सिलोनाले जुन १३ मा मालोर्कासँग प्रतिस्पर्धा गर्ने भएको हो ।

स्पेनमा गएको मार्च १२ देखि फुटबल गतिविधि रोकिएका छन् । तर महामारी नियन्त्रणमा आउने क्रम सुरु भएसँगै प्रधानमन्त्री पेद्रो सान्चेजले बाँकी खेलका लागि स्वीकृति दिएका हुन् ।

ला लिगा अन्तर्गत यो सिजनका बाँकी खेलहरु जुन ११ देखि हुँदै छन् । जुन ११ मा रियल बेटिसले सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ ।

त्यसको दुई दिनेपछि बार्सिलोनाले मालोर्काको मैदानमा खेल्ने भएको हो । २७ खेल सकिँदा बार्सिलोना लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल मड्रिड दुई अंकले पछि रहेको छ ।

बार्सिलोनाले जुन १६ मा घरेलु मैदानमा लेगानेशसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै रियल मड्रिडले जुन १८ मा भ्यालेसिन्याको सामना गर्ने छ ।