शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोना भाइरस : बाँके दुर्घटनाका १२ मृतक र २१ घाइतेको स्वाब संकलन

दैनिक नेपाल २०७७ जेठ १९ गते ११:१५

काठमाडौं, १९ जेठ । कोरोना भाइरस संक्रमण परिक्षणका निम्ति बाँकेमा भएको दुर्घटनाका १२ जना मृतक र २१ जना घाइतेको स्वाब संकलन गरिएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालमा मृतक ११ जना पुरुष, एक महिला र र २१ जना घाइतेको स्वाब संकलन गरिएको हो ।

उनीहरूसँगै उद्दारमा खटिएका सुरक्षाकर्मीको पनि स्वाब संकलन गरिएको छ । पिसीआर विधिबाट चेकजाँच गरी कोरोना संक्रमण भए नभएको पत्ता लगाइनेछ ।

उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि खटिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित