
काठमाडौं, १९ जेठ । भारतबाट रुपेडिया नाका हुँदै छिरेका नेपाली सवार सल्यान हिँडेको ना५ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठक्कर खाँदा १२ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा ठक्कर खाँदा घटनास्थलमा ११ र उपचारका क्रममा एक जनाको मृत्यु भयो भने २० जना घाइते छन् ।
उक्त गाडी नेपालगञ्जबाट सल्यान हिँडेको थियो । आइतबार राती करिब १२ बजेतिर गाँडी दुर्घटना भएको थियो । घाइतेको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलको प्रकृति हेर्दा गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।















प्रतिक्रिया