बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

याे हाे डिजेलमा पानी मिसाएर बेच्ने भक्तपुरकाे पेट्राेलपम्प

दैनिक नेपाल २०७७ जेठ १९ गते ७:१०

भक्तपुर, १९ जेठ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– १, लोकन्थलीमा रहेको सिद्धार्थ फ्युल सेन्टरलाई डिजेलमा पानी मिसाएर बिक्री गरेको पुष्टि भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रुपियाँ जरिवाना तिराएको छ ।

सिद्धार्थ फ्युल सेन्टरले सो क्षेत्रका वडाध्यक्ष सुरज खड्काको गाडीमा हालेको डिजेलमा ११ प्रतिशत पानी मिसिएको गुणस्तर तथा नापतौल विभागले प्रयोगशाला परीक्षणपछि रिपोर्ट दिएको थियो ।

सोही रिपोर्टका आधारमा उपभोक्ता हितविपरीत व्यवसाय गरेको ठहर्दै कारबाही गरेको वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

पम्पबाट १८ वैशाखमा वडाध्यक्ष खड्काले राहत वितरण गर्ने गाडीमा एक हजार रुपियाँको डिजेल हालेका थिए ।

पम्पबाट करिब तीन सय मिटर टाढा रहेको वडा कार्यालय पुगेपछि गाडी बन्द भएको थियो । गाडी बन्द हुनुको कारण खोजी गर्दै जाँदा गुणस्तरहीन डिजेल भेटिएको वडाध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया
सम्बन्धित