शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

हिउँ छिचोल्दै पहिलोपटक हिल्सा पुग्यो सशस्त्र प्रहरी, चाँडै बिओपी स्थापना गरिने

दैनिक नेपाल २०७७ जेठ १९ गते ६:५८

काठमाडाैं, १९ जेठ । चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको छ ।

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि औपचारिक रूपमा बिओपी स्थापना गरिने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । हिल्साको बिओपीमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली खटिनेछ । गत वर्ष नै निर्णय भएको भए पनि हिल्सामा बिओपी स्थापना हुन सकेको थिएन ।

बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्नेछ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो । हिमपातसँगै चिसो बढेपछि गत मंसिरदेखि टोली नाम्खा गाउँपालिकाको मुचुमा सरेको छ । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित