बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

अध्यावधिक नक्शा पास गर्न संसदमा संविधान संशोधन प्रस्ताव पेश

दैनिक नेपाल २०७७ जेठ १८ गते ११:५८

काठमाडौं, १८ जेठ । नेपाल सरकारले अध्यावधिक नक्शा पास गर्नका लागि संविधानको दोस्रो संशोधन विधयेक कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले आइतबार संसद बैठकमा पेश गरेकी छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधनका लागि प्रस्ताव पेश गरिएको हो ।

मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो ।

संविधान संशोधनका लागि नेपाली कांग्रेसले पनि समर्थन गर्ने भएको छ । राजपाले भने विपक्षमा उभिने निर्णय लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित