
काठमाडौं, १८ जेठ । डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका नवदुर्गा गाउँपालिका–३ का ६ बर्षिय बालकको मृत्यु भएको छ । शनिबार मध्यराती उनको मृत्यु भएको हो ।
आमा–बाबुसँगै भारतको मुम्बईबाट शनिबार राति डडेल्धुरा आइपुगेका थिए । डडेल्धुरा अस्पतालले बालकको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको जनाएको छ ।
बालकलाई आइतबार विहान ३ बजे मात्रै अस्पतालमा पुराइएको थियो । ज्वरोको उपचार भइरहेका ति बालकको यसअघि मलेरियाको उपचार गरिएको थियो ।
उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पठाइसकेको छ ।











प्रतिक्रिया