शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

घरबाटै विद्युतकाे बिल तिर्न सकिने

दैनिक नेपाल २०७७ जेठ १८ गते ८:३१

काठमाडाैं, १८ जेठ । विपद्को समयमा प्रविधिको प्रयोग गरेर घर वा आफ्नो निवासबाटै सहजैरूपमा विद्युतकाे बिल तिर्ने प्रणालीको विकास भएको छ ।

विपद्ले नयाँनयाँ अवसर पनि निर्माण गरिदिन्छ भन्ने आम मान्यता जस्तै नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल तिर्नका लागि नयाँ प्रणाली स्थापना गरेको छ ।

प्राधिकरणले सो प्रणालीलाई ‘कन्जुमर सेल्फ रिडिङ सिस्टम’ नाम दिएको छ । त्यस्तो प्रणाली प्रयोग गरी खानेपानीलगायतको समेत महसुल तिर्न सकिनेछ । प्राधिकरणले सञ्चालनमा ल्याएका कारण त्यो प्रणालीबाट भने विद्युत् महसुलमात्रै तिर्न सकिनेछ ।

प्राधिकरणको कम्प्युटर बिलिङ महाशाखाका प्रमुख सजुन श्रेष्ठका अनुसार अब ग्राहकले घरमा नै बसेर सहजरूपमा विद्युत्को बिल तिर्न सक्ने व्यवस्था गरिएको छ । आगामी मङ्गलबारदेखि भने प्राधिकरणको मोबाइल एपसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा ग्राहकलाई थप सहजरूपमा सेवा दिने लक्ष्यका साथ मोबाइल एपसमेत सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रमुख श्रेष्ठका अनुसार हालसम्म कन्जुमर सेल्फ रिडिङ सिस्टममा कूल ११ हजार ग्राहक जोडिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित