२ कार्तिक २०८३, सोमबार

जर्मन बुण्डेस लिगा फुटबलमा बार्यन म्युनिख विजयी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ जेठ । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिख विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्यनले फोर्टुना डसलडोर्फलाई ५–० ले पराजित गरेको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा पाभार्ड र डेभिसले एक–एक गोल गरे।

१५ औँ मिनेटमा एम जोर्गेनसेनले आत्मघाती गोल गरेर बार्यन म्युनिखलाई सुरुवाति अग्रता दिलाएका थिए । पाभार्डले २९ औँ मिनेटमा गोल गरे । लेवान्डोस्कीले ५३ र ५० औँ मिनेटमा गोल गरेर बार्यनलाई ४–० को अग्रता दिलाए ।

यस्तै ५२ औँ मिनेटमा डेविसले गोल गरेपछि बार्यनले प्रभावशाली जित निश्चित गरेको हो । लेवान्डोस्कीले यो सिजन सबै प्रतियोगितामा गरेर ४३ गोल गरेका छन् ।

यो जितपछि बार्यनले १० अंकको अग्रता लिएको छ । उसलाई लगातार आठौँ सिजन उपाधि उचाल्नबाट रोक्नका लागि अबका खेलहरुमा अति सामान्य नतिजा आउनु पर्छ ।

बार्यनको २९ खेलबाट ६७ अंक रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको २८ खेलबाट ५७ अंक रहेको छ ।