
काठमाडौँ, १७ जेठ । नेपालमा शनिबार थप १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् ।
उनीहरुमध्ये १ सय ८५ जना पुरुष र ४ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मलेनमार्फत जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजा ४ सय १ जना पुगेको छ । त्यस्तै, शनिबार १३ जना संक्रमितले निको भएर घर फर्केका छन् ।















प्रतिक्रिया